एजेन्सी - भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ । संक्रमणबाट प्रदेश क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । उनमा जुलाई १४ मा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टिपछि लखनउस्थित एसजीपीजीआईमा उपचाररत रहेकी वरुणको आइतबार बिहान निधन भएको बीबीसीले जनाएको छ ।

कमला रानी प्रदेश शिक्षामन्त्री थिइन् । सन् २०१७ मा बीजेपीले उनलाई कानपुर घाटमपुरबाट चुनावमा प्रतिस्पर्धा गराएको थियो । उनी गत वर्ष क्याबिनेटमन्त्री बनेकी थिइन् ।