– अपचको समस्या हुँदा एक कप अदुवा हालेको कालो चिया खाँदा फाइदा हुन्छ । यसले खाना पचाउन मद्दत गर्छ । अपचको समस्या हटाउँछ । 

– चिसोमा धेरैलाई रुघाखोकी, नाक बन्द हुने लगाएतका समस्याले सताउने गर्छ । विहानै एक कप अदुवा हालेको कालो चिया खाएमा नाब बन्द हुने समस्याबाट राहत मिल्छ । सास फेर्दा पनि समस्या हुँदैन । धुलो माटोबाट हुने संक्रमणबाट पनि छुटकारा मिल्छ । 

– एक अध्ययन अनुसार अदुवा हालेको कालो चिया खाने महिलामा मृगौलामा पत्थरी हुने खतरा कम हुन्छ । 

– चिसोमा ढाड दुख्ने, सुन्निने लगाएत समस्यामा पनि अदुवा हालेको कालो चिया खाँदा लाभ मिल्छ ।्

– मधुमेह रोगीका लागि अदुवा हालेको कालो चिया लाभकारी छ । 

– एक कप अदुवा हालेको कालो चिया खाएमा दिनभरको थकान मेटिन्छ । अदुवा चियालेउर्जा दिन्छ । तनाव हटाउँछ ।