एजेन्सी - इटालियन क्लब युभेन्ट्सका खेलाडी तथा कर्मचारीहरुको चार महिनाको तलबमा कटौती हुने भएको छ । कोरोना भाइरस (कोभिड– १९)को कारण फुटबल प्रतियोगिताहरु ठप्प भएपछि क्लबले खेलाडीहरुको तलब कटौती गर्न लागेको हो ।

क्लबका आम्दानीका स्रोतहरु, टिकट, प्रायोजन, आउटलेट, म्युजियम टुर लगायतका आम्दानीका स्रोतहरु ठप्प हुँदा खेलाडी तथा कर्मचारीहरुले पनि क्लबको तलब कटौती गर्ने प्रस्तावमा सहमती जनाएका हुन् । तलब कटौती गर्ने सहमती भएसँगै क्लबलाई ९० मिलियन युरो राहत हुनेछ।

सबैभन्दा ठूलो क्लब बार्सिलोनाले पनि खेलाडीहरुको तलब कटौती गर्ने बताइसकेको छ । भने जर्मन क्लबद्वय बार्यन म्युनिख तथा बोरुसिया डर्टमण्डले पनि कटौती गर्ने बताएका छन् ।