काठमाडौं - पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सीमा विवाद कुटनीतिक तवरले नै सुल्झाउनुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिएका डा। भट्टराईले सरकारलाई यस्तो सुझाव दिएका हुन् । ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’, उनले भने, ‘सरकारले कुटनीतिक तवरले नै सीमा विवादहरू हल गर्नुपर्छ।’

भट्टराई डेढ घण्टा बैठकमा सहभागी भएर बाहिरिएका थिए । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी र लिपुलेकसहितका नेपाली भूभाग परेपछि यसको व्यापक विरोध भइरहेको छ ।