आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय
खबर एक्सप्रेस
२०७७-०६-०६ ०२:५७ मा प्रकाशित
Total Shares: 581
काठमाडौं - सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो।
प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासनलाई पत्र लेख्दै कोरोना भाइरसको महामारी विद्यमान रहेको कारण निर्वाचन स्थगित गर्नुपर्ने माग गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस