काठमाडौं - बलिउड अभिनेता शाहरुख खान पछिल्लो समय हिट फिल्मको खोजीमा छन् । शाहरुखले खेलेका पछिल्ला फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेका थिएनन् ।

यतिबेला उनी एकपटक कमब्याकको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बताइएअनुसार उनी राजकुमार हिरानी फिल्ममा देखिनेछन्, अपोजिटमा करीना कपूर हुनेछिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजकुमार हिरानीको एक फिल्मका लागि शाहरुख खान खेल्न तयार भएका छन् । यद्यपि, फिल्मको आधिकारिक घोषणा भने हुन भएको छैन ।

शाहरुख खानको  पछिल्लो फिल्म 'जिरो' सन् २०१८ मा रिलिज भएको थियो । जसले बक्स अफिसमा कुनै कमाल देखाउन सकेको थिएन ।