काठमाडौं - किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

कपिलवस्तुमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापामा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

सोही नगरपालिका-१५ लक्ष्मि डाँडास्थित जंगलमा पल्टनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।