ललितपुर - ललितपुरको बालकुमारीस्थित लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसन सञ्चालन गर्दै संदिग्ध लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा एक राउण्ड गोली चलाएको हो ।
उक्त कारबाहीका क्रममा तीन जना लागुऔषध कारोबारी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
घटनाका क्रममा कोही घाइते भए नभएको, पक्राउ परेकाहरूको परिचय र बरामद सामग्रीबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
घटनापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

.gif)


