काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा कोभिड १९ महामारीका लागि अपनाउनूपर्ने पूर्व सावधानीका सम्पूर्ण उपायहरु अवलम्बन गरिएको थियो ।विभिन्न कारणले सभामा उपस्थित हून नसक्ने शेयरधनीहरुको लागि जुम मार्फत सभामा भाग लिन सक्ने व्यवस्था समेत कम्पनीले मिलाइएको थियो ।

साधारण सभाबाट आर्थिक बर्ष ७४/७५को वित्तीय विवरणहरु पारित गरि  १२.५ प्रतिशत शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

बोनश शेयर बितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पुजी दुई अर्ब पच्चीस करोड माथी  हूनेछ। कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराउदैआएको र आगामी बर्ष कम्तिमा १६० भन्दा बढी स्थानबाट सेवादिने जनाएको छ ।