एजेन्सी - मानिसहरु खाना नाखाए पनि केही दिन जीवित रहनसक्छन् । तर, पानीविना निकै मुस्किल हुन्छ । कम पानी पिउनु वा पिउँदै नपिउनु स्वास्थ्यका लागि निकै प्रतिकुल हुन्छ । कतिपयलाई त पानी मानव सरीरका लागि यति धेरै जरुरी छ भन्ने कुराको जानकारीसमेत हुँदैन ।

जब पिसाव वा पसिनाको माध्यमबाट शरीरमा सञ्चित पानी बाहिर निस्किन्छ, तब प्यासको अनुभव हुन्छ । प्यास लाग्दा पानी पिएन भने हामी तत्कालै कमजोर महसुस गर्न थाल्छौं ।

पानी र अक्सिजन दुई यस्तो चीज हो जसविना जीवन सम्भव छैन । कम पानी पिउँदा प्यासको महसुस हुनेमात्रै होइन, शरीरमा पनि कैयन नकारात्मक समस्याहरु उत्पन्न हुन्छन् । आज हामीले पानीको कमीका कारण हुने स्वास्थ्य समस्याको बारेमा जानकारी दिँदैछौं ।

१. पानीको कमीले उमेर नै नपुगी पाको देखिन थाल्छ । अनुहार चाउरी पर्ने तथा छालाको चमक हराउने लगायतका समस्या पनि देखिन्छ ।

२. डिहाइड्रेशनको स्थितिमा दिमागले भोक लाग्ने संकेत प्रवाहित गर्छ । जवकी शरीरमा पानीको कमी हुँदा मोटाबलिज्मको प्रक्रिया सही ढंगले हुन पाउँदैन अनि शरीरमा अनावश्यक मात्रामा बोसो जम्मा हुन थाल्छ ।

३. हाम्रो मांसपेशीहरुका लागि पानी निकै नै आवश्यक छ । पानीको कमीका कारण मांसपेशीहरु खुम्चिन थाल्छन् । यदि तपाईं जीम गर्नुहुन्छ भने त तपाईंका लागि पानीको झनै बढी आवश्यकता हुन्छ ।

४. छालामा पानीको आद्रता कायम राख्न पनि पानी पिउनु आवश्यक छ । पानी पिउँदा छाला हाइड्रेड बनिराख्छ । जबकी कम पानी पिउँदा छालाको चमक हराउँछ र तपाईं रुखो र फुस्रो देखिन थाल्नुहुन्छ ।

५.यदि तपाईंको हड्डी र जोरहरु दुख्छ भने पनि त्यो पानीको कमीका कारण हुनसक्छ ।

६. कम पानी पिउँदा आँखा पनि सुख्खा हुन थाल्छ । यदि चस्माको साटो लेन्सको प्रयोग गर्नुहुन्छ भने त तपाईंका लागि पानी झनै जरुरी छ ।

७. डिहाइड्रेसनको सबैभन्दा ठूलो कारण यो हो । पानी कम पिउँदा मुख हमेशा सुख्खा रहन्छ । कम पानी पिउनेहरुमा दाँत र जिब्रोसम्बन्धी समस्याहरु पनि बढी नै देखिने गर्छ ।

८.शरीरमा पानीको मात्रा कम हुँदा चक्कर लाग्ने समस्या हुन्छ । यसका अलावा ज्यादातर समय कमजोरी महसुस हुनथाल्छ ।