लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप
खबर एक्सप्रेस
२०७६-०४-२६ ११:०० मा प्रकाशित
Total Shares: 724
काठमाडौं - लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा उत्रिउका आदिवासी जनजातीमाथि प्रहरीले बल प्रयोग गरेको छ।
काठमाडौंको भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
केही महिना पहिले जारी लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी जनजाती धर्ना लगायतका विरोध प्रदर्शनमा उत्रिएका छन्।
फेसबुक पेज Like गर्नुहोस