संवैधानिक दायराबाट मुलुकलाई निकास दिन प्रयास भइरहेको छ : राष्ट्रपति
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।
पौडेलले वक्तव्य जारी गर्दै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न समेत अपिल गरेका छन् ।
उनले वक्तव्यमा भनेका छन्- ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’
जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासबाट नेपाली सेनाको सहयोगमा बाहिरिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस