कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन
खबर एक्सप्रेस
२०७८-०५-०८ ०१:०८ मा प्रकाशित
Total Shares: 662
काठमाडौं - संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।
बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरी परिक्षा गर्नुपर्ने उनीहरुको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस