प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 12
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आज बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकार सञ्चालन र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकले केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने सचिवालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस