बुटवल - प्रदेश ५ सरकारले मुस्लिम समुदायको महान चाड बकर इदका दिन सार्वजनिक विदा दिने भएको छ ।

संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको थिायो । बकर इद सोमबार परेको छ ।