यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
खबर एक्सप्रेस
२०८२-०४-०२ ०८:०७ मा प्रकाशित
Total Shares: 55
काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० नेपालीलाई आममाफी दिएको छ ।
यूएईको आवुधावीस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिइएको हो ।
ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको बताइएको छ ।
राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा यूएईको जेलमा रहेका १२० नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी आममाफी गरेकोमा नेपाली राजदूतावास, आवुधावी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ ।’
फेसबुक पेज Like गर्नुहोस