कक्षा ८ को परीक्षा स्थगित
खबर एक्सप्रेस
२०७८-०१-२६ ०५:१४ मा प्रकाशित
Total Shares: 1336
काठमाडौं - काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा स्थगित गरेको छ।
यसअघि आगामी जेठको ३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको परीक्षा अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरेको हो।
महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बढ्दो कोभिड १९ को संक्रमणका कारण असहज अवस्था बनेकाले कक्षा ८ को परीक्षा स्थगित गरिएको बताए।
महागरपालिकाको शिक्षा शाखाका अनुसार यो वर्ष सो परीक्षामा ५ सय ५२ विद्यालयका १८ हजार बढी परीक्षार्थी सहभागी हुँदैछन्।
फेसबुक पेज Like गर्नुहोस