तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवको निर्णय बदर ढकालको सानदार जित पाए महानिर्देशकको जिम्मेवारी
खबर एक्सप्रेस
२०७६-०९-२४ ११:०० मा प्रकाशित
Total Shares: 1675
काठमाडौं - औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुन नारायण ढकाललाई दिइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई दिइएको हो ।
तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवले ढकाल लाई विभागबाट कानुन बिपरित राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरेपछि उनले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
सर्वोच्चबाट अन्तरिम आदेश पाएपछि ढकालले पुन विभागको महानिर्देशकको जिम्मा पाए पनि उनलाई मन्त्रालयमा काजमा तानिएको थियो । अब ऊनी विभागको महानिर्देशकको जिम्मेवारीमा पुन आउने भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस