काठमाडौं - संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटपाट भएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले एक सूचना निकालेर सामान फिर्ता गर्न भनेको हो ।

सूचनामा उल्लेख छ- ‘भदौ २३ देखि २५ गते भएको प्रदर्शनमा सञ्चार साधन, सवारीसाधन र अन्य भौतिक साधनहरू प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ ।’

मालसामन लुट्ने व्यक्तिबारे जानकारी अथवा भिडिओ भएमा संघीय संसद सचिवालयमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडिओ वा सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ ।

जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

May be an image of text