काठमाडौं- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ सुझाव दिएका छन् । नेता श्रेष्ठले कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएपछि सामाजिक सञ्जालबाट सुझाव दिनुपरेको बताएका हुन् ।

प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले कार्कीलाई छिटो राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त र स्वच्छ एवं क्षमतावान व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन, सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न एवं निष्पक्ष निर्वाचन गर्न सुझाव दिएका छन् ।