सीमामा शान्ति र स्थिरता कायम राख्ने मोदी र चिनियाँ विदेशमन्त्रीबीच प्रतिबद्धता
काठमाडौं ,एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्नु पर्नेमा जोड दिएका छन् ।
उनले सीमा विवादको निष्पक्ष, तर्कसंगत र दुवै पक्षका लागि स्वीकार्य समाधानप्रति भारत प्रतिबद्ध रहेको दोहोर्याएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिपछि भारत र चीनबीचको सम्बन्धले नयाँ दिशा लिएको छ । यसअघि वाङ यीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्तामा मोदीले यो महिनाको अन्त्यमा चीनको भ्रमण गर्ने पुष्टि गरेका थिए ।
वाङ यीसँगको भेटपछि मोदीले सामाजिक संजालमा गत वर्ष कजानमा राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि भारत–चीन सम्बन्धले एक–अर्काको हित र संवेदनशीलताको सम्मान गर्दै निरन्तर प्रगति गरेको बताए ।
फेसबुक पेज Like गर्नुहोस