काठमाडौं - राजधानी काठमाडौंमा मंगलबारको प्रदर्शन हिंसात्मक मोड लिँदा चार प्रहरीको ज्यान गएको छ ।

कोटेश्वरमा आक्रमणपछि तीन प्रहरी मारिएका छन् भने महाराजगन्जमा एक असईको मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार कोटेश्वर प्रभागमा जेनजी प्रदर्शनकारीले आकस्मिक आक्रमण गर्दा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमणका क्रममा प्रदर्शनकारीले प्रहरीले प्रयोग गर्दै आएको बन्दुक समेत खोसेको पुष्टि भएको छ ।

त्यसैगरी, महाराजगन्जमा प्रदर्शनकारीले आगजनी सुरु गरेपछि देखिएको धुवाँ र अशान्त वातावरणका कारण एक असई निसास्सिएर ज्यान गुमाएको प्रहरीको भनाइ छ ।