काठमाडौं - प्रदूषण बढेकाले आजदेखि देशभरका विद्यालय चार दिन बन्द भएका छन् ।

 वायु प्रदूषण बढेका कारण देशभरिका विद्यालय चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हाे।

सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन बन्द भए पनि पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा भने सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।