जातीय विभेद प्रकरणः घरबेटी प्रधान धरौटीमा रिहा
खबर एक्सप्रेस
२०७८-०६-०७ ०६:३९ मा प्रकाशित
Total Shares: 229
काठमाडौं - जिल्ला अदालत काठमाडौंले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बिहिबार रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए । जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फर्किएकी हुन् ।
सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा प्रधानविरुद्ध मुद्दा दायर गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस