एमाले नेत्री बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा
काठमाडौं - नेकपा (एमाले)ले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।
बुधवार च्यासलस्थित पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले पाण्डे र तिम्सिना निलम्बन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। सोही कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
उपमहासचिव ज्ञवालीका अनुसार बैठकले आसन्न विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक आगामी साउन ५ गते काठमाडौँमा बोलाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस