तोलाको ७६ हजार पुग्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७६-०९-२१ ११:०० मा प्रकाशित
Total Shares: 365
काठमाडौं - आज पनि सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा आज तोलाको ५ सय रुपैयाँले बढेको हो ।
आज तेजावी सुन तोलाको ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको भाउ तोलाको ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिका र इरानबीचको तनावको कारणले गर्दा सुनको मूल्यमा असर परेको हो । आजको भाउले आइतबारको भाउलाई पनि असर गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस