मेरो स्वास्थ्य अवस्था सामान्य छः प्रधानमन्त्री
खबर एक्सप्रेस
२०७६-०४-२७ ११:०० मा प्रकाशित
Total Shares: 609
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । सिंगापुरमा स्वास्थ्य जाँच गराएर सोमबार स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले ट्विटरमार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।
उनले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै ट्वीट गरेका छन् । उनले ओलीले स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकलाई पनि धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका थिए । उनी सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस