बाढीले रसुवाको बेलिब्रिज बगायो
खबर एक्सप्रेस
२०७६-०५-०२ ११:०० मा प्रकाशित
Total Shares: 674
रसुवा - अविरल वर्षापछि भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको छ ।
बेलिब्रिज बगाएपछि बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए ।
तर, प्रशासनको पहलमा राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको छ ।
फेसबुक पेज Like गर्नुहोस