काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आगजनी गरेका हुन् ।

स्वकीय सचिव राजकुमार राईले भने- ‘निवासमा आगजनी भएको छ । उहाँलाई सुरक्षित स्थानमा राखिएको छ ।’

यसअघि शीतलनिवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।