काठमाडौं - प्रधानमन्त्री केपीशर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्किएका छन् ।

गतभदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यस तर्फ गएका थिए ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले आज एक विज्ञप्ती जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छन् ।

डा।शाहले विज्ञप्तीमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ । ‘अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ,’ विज्ञप्तीमा भनिएको छ ।

प्रधानमन्त्रीलाई भेट्न सिंगापुर गएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पनि प्रधानमन्त्री ओली पहिलेजस्तै स्वस्थ हुनुभएको प्रतिक्रिया दिएका छन् ।