काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि हुने भएको छ ।

क्यानले आज साँझ काठमाडौंको एलफ्ट होटलमा एक कार्यक्रम गरी ट्रफी टुरको औपचारिक सुरुवातको घोषणा गरेको हो । ट्रफी विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ ।

ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइने नेपाल क्रिकेट संघले जनाइएको छ ।

टुर घोषणा कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले दोस्रो संस्करण अझ सभ्य र भव्य रुपमा मनाउने प्रतिबद्धता व्यक्त गरे।

दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।