राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ताको तयारी
काठमाडौं-नयाँ सरकार गठनका लागि अहिले त्रिपक्षीय वार्ताको तयारी भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुने तयारी भएको हो ।
अहिले वार्तास्थलमा सुशीला कार्की आइपुग्न बाँकी रहेकाले कार्की आइपुग्ने बित्तिकै वार्ता सुरु हुने समाचार स्रोतले जनाएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् । बालेनको उक्त निर्णयमा जेनजी पनि सहमत भएपछि आज सेनाको समन्वयमा नयाँ सरकार गठनका लागि त्रिपक्षीय वार्ताको तयारी हुँदै छ ।
जेनजीका अधिकांश प्रतिनिधिहरूले बुधबार मतदानद्वारा पूर्वप्रधान न्यायाधीश कार्कीको नाम अन्तरिम सरकार प्रमुखका रूपमा छानेका थिए।
फेसबुक पेज Like गर्नुहोस