काठमाडौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन्।

प्रसाईँले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै गिरीले आफ्नो मानहानी भएको र त्यसको कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । 

बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईँले बुधबार पत्रकार सम्मेलन गरेर कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाउँनु भएको थियो । 

बुधबार नै पत्रकार सम्मेलन गरेका गिरीले आरोपको पुष्टि गर्न चेतावनी पनि दिनुभएको छ । उनले भने, ‘आरोपप्रति खेद छ । यो झुटो र कपोकल्पित छ । यो आरोपको पुष्टि गर्न चेतावनी दिन्छु ।’उनले आरोपमा कुनै सत्यता नभएको भन्दै आफू १५ मंसिरमा द्वारिका होटल नै नगएको र प्रसाईँसँग भेट पनि नभएको दावी गरेका हुन् । 

तर, प्रसाईँले भने बीएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेको र गिरीले त्यही दिन बेलुकी एउटा होटलमा बोलाएर घुस मागेको दावी गरेका थिए   । 

प्रेस विज्ञप्ति