काठमाडौं - सिन्धुपाल्चोकको मेलम्चीमा गोली चलेको छ । गोली चल्दा दुईजना घाइते भएका छन् । मेलम्ची खानेपानी आयोजना विरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गोली प्रहार भएको हो । 

प्रहरीका अनुसार घटना हिंसात्मक हुने अवस्था देखिएपछि सुरक्षाकर्मीले गोली प्रहार गरेका हुन् ।  गोली लागेका मनोज चौधरी र बालमुकुन्द अधिकारीको क्षेत्रीय स्वास्थ्य चौकी मेलम्चीमा उपचार भइरहेको छ ।

आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी (सिएमसी)सँग बाँकी भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ता मजदुर निरन्तर आन्दोलनमा छन् ।