काठमाडौं  - साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य स्थिर छ । आज सुन प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला ८ सय ३० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।