प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै
खबर एक्सप्रेस
२०७६-०४-१८ ११:०० मा प्रकाशित
Total Shares: 1051
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परिक्षणका लागि शनिबार सिंगापुर प्रस्थान गर्दैछन्।
उनी सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनी स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहनेछन्।
गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइको बढेकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लागेका हुन्।
धपेडीका कारण पनि प्रधानमन्त्रीको स्वाथ्यमा समस्या भएको भन्दै आराम गर्न समेत चिकित्सकले सुझाव दिएका छन्। उनको उपचार सिंगापुरको सरकारी नेपाल युनिभर्सिटी अस्पतालमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस