अछाममा छाउ बार्न त्रिपालमुनी सुतेकी महिला र बालिकाको मृत्यु
अछाम - अछाममा त्रिपाल टाँगी सुतिरहेको अवस्थामा पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । अछामको पंचदेवल विनायक नगरपालिका- ८ बारलामा सुतेको समयमा ढुंगाले लागेर दुई जनाको मृत्यु भएको हो ।
शुक्रबार विहान करिव ५ बजेको समयमा सेलापानीस्थित चुरखोली टोलमा पहिरोसँगै खसेको ढुंगा लागेर ३५ वर्षिया निम खनाल र मंगलसेन नगरपालिका -६ की ७ वर्षिया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूसँगै सुतेकी कविताकी आमा रत्ना भण्डारी घाइते भएकी छिन् । उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको प्रहरीले जनाएको छ।
निम र रत्ना दुबै महिला महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घटना भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले बताए। कविता आमासँगै सुत्न गएकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस