चिनियाँ ह्याकरको पैसा साट्ने तीन नेपाली पक्राउ
काठमाडौं - आइतबार पक्राउ परेको चिनियाँ ह्याकरहरुले बोकेको डलर साँट्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना नेपालीलाई पनि पक्राउ गरेको हो ।
डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडीलाई ठमेलबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुले फरार रहेका चिनियाँ नागरिकको पैसा साटेका हुन् ।
शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । अन्य दुई जना भने फरार छन् ।
उनीहरुले २५ हजार ८ सय डलर डेक्सो मनि एक्सेन्च र नेपाललय एक्सेन्जबाट साटेको खुल्न आएको थियो । यसरी पैसा साट्नु गैरकानुनी भएको प्रहरीको भनाई छ । चिनियाँ नागरिकले साटेको २९ लाख ९९ हजार समेत प्रहरीले बरामद गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस