फेरि बढयो सुनको भाउ, तोलाको ७३ हजार ५ सय पुग्यो
खबर एक्सप्रेस
२०७६-०५-१८ ११:०० मा प्रकाशित
Total Shares: 807
काठमाडौं - सुनको भाउ बुधबार फेरि बढेको छ। प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरेहको छ। केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ।
मंगलबार सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको थियो। सुनको मूल्य बुधबार फेरि बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७३ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ९ सय ४० मूल्य निर्धारण गरेको जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस