अन्तत: प्रहरीको घेरा तोडेर सिंहदरबारभित्रै छिरे जेनजी
खबर एक्सप्रेस
२०८२-०५-२४ ०१:५७ मा प्रकाशित
Total Shares: 29
काठमाडौं - जेनजीहरू सिंहदरबारभित्र प्रवेश गरेका छन् ।
दक्षिण गेटबाट प्रहरीको घेरा तोडेर मंगलबार दिउँसो उनीहरू सिंहदरबारभित्र प्रवेश गरेका हुन् ।
प्रहरीले भित्र प्रवेश गरेका प्रदर्शनकारीलाई बाहिर भगाउने काम गरिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले लोकान्तरलाई बताए ।
आज मध्यान्ह प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गरेका थिए । आज पनि उनीहरू संसद् भवनमा छिरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस