सरकार-शिक्षकबीच आज निर्णायक वार्ता हुँदै
काठमाडौं-सरकार र शिक्षक महासंघबीच बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो निर्णायक वार्ता हुने भएको छ ।
सोमबार र मंगलबार राति अबेरसम्म सरकार र शिक्षक महासंघबीच वार्ता भएको थियो ।
शिक्षक महासंघका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ ।
शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ ।
शिक्षा ऐन जारी गर्ने कुरा अहिलेसम्म सरकारले विश्वासको आधार नबनाएपनि सरकारसँगको छलफलमा आज पनि जाने महासंघले जनाएको छ ।
यसअघि, मंगलबार राति भएको वार्तामा महासंघले ९बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ ।
मन्त्रिपरिषद्बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस