काठमाडौं - कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यही साता नतिजा प्रकाशन गर्ने गरी तयारी सुरु गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार नम्बर इन्ट्री र रुजु गर्ने काम सकिएको र अहिले विद्यार्थीको हाजिर हेर्ने काम भइरहेको छ । उनले नतिजा छिट्टै सार्वजनिक गर्ने बताए ।

यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने भनिए पनि नम्बर इन्ट्रीको काम नसकिएको भन्दै घोषित मितिभित्र नतिजा सार्वजनिक हुन सकेको थिएन । यसका लागि बोर्डले विद्यालयहरुलाई नतिजा पठाउने क्रममा गरेको भद्रगोललाई जिम्मेवार ठहर्‍याएको थियो ।

कक्षा १२ को गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको थियो । उक्त परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी सहभागी थिए ।