चार थान पेस्तोलसहित तीन पक्राउ
खबर एक्सप्रेस
२०७६-०५-१९ ११:०० मा प्रकाशित
Total Shares: 762
धनगढी - धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरू पक्राउ भएको स्वीकार गरेपनि थप विवरण दिन नमिल्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस