कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि [तालिकासहित]
खबर एक्सप्रेस
२०७८-०४-०५ ०८:१९ मा प्रकाशित
Total Shares: 417
काठमाडौं - कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार विद्यार्थीहरूले होम सेन्टरबाट परीक्षा दिन पाउने छन् ।परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ ।
परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिनेछ ।
गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।
फेसबुक पेज Like गर्नुहोस