भ्रमण वर्ष २०२० को उद्घाटन: दिउँसो २ बजेपछि यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने
खबर एक्सप्रेस
२०७६-०९-१६ ११:०० मा प्रकाशित
Total Shares: 356
काठमाडौं - भ्रमण वर्ष २०२० को उद्घाटनपूर्व निस्किने र्याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ ।
आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
ठमेलबाट र्यालीसहित उद्घाटन समाराेहकाे समूह दिउँसोको समयमा दशरथ रङ्गशालासम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाइ वैकल्पिक रुट प्रयोग गरिदिन महाशाखाले अनुरोध गरेकाे छ ।
साथै महाशाखाले सर्वसाधरणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको जनाएकाे छ ।
फेसबुक पेज Like गर्नुहोस