काठमाडौं - सुर्खेतमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन गर्न गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्सीय छानबिन समिति गठन गरिएको जनाएको छ ।  

समितिलाई १५ दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ । विज्ञप्तिमा घटनास्थलमा गाईगोरु छाडेर फर्किँदै गरेका ५ वटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पनि उल्लेख गरिएको छ ।

मन्त्रालयले गौहत्या जस्तो गम्भीर अपराधमा संलग्नहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने पनि स्पष्ट पारेको छ ।