परीक्षा रोकिँदैन,बालबालिकाहरुलाई घरभित्रै राखौँ : शिक्षा मन्त्रालय
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलीदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअवधिमा पूर्व निर्धारित कार्यतालिकाअनुसार परीक्षा भने सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पूर्वनिर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछन् । यस विषम परिस्थितिमा आफ्ना बालबालिकाहरुलाई विद्यालय बिदा भएको अवस्थामा घरभित्रै रहने व्यवस्था मिलाइ स्वास्थ्य प्रतिकूलताबाट जोगाउन सबै अभिभावकहरुमा मन्त्रालय हार्दिक अनुरोध गर्छ ।’
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ ।
फेसबुक पेज Like गर्नुहोस