काठमाडौं - कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । 

शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

शुक्रबार स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।