काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता दीनानाथ शर्माले मुलुकको वर्तमान शासन व्यवस्था र संविधानको कसैलेपनि विरोध गर्न नपाउने जिकिर गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित सात्क्षात्कार कार्यक्रममा नेता शर्माले सरकार र मन्त्रीहरुको विरोध तथा आलोचना गर्न सबैलाई अधिकार भएपनि व्यवस्था र संविधानको विरोध गर्न नपाइने जिकिर गरे ।

सुर्खेतको कट्कुवा जंगलमा गाई मारेको विषयतर्फ संकेत गर्दै नेता शर्माले देशमा अस्थीरता ल्याउन चाहने अदृश्य शक्तिहरुले यस्ता घटना गराएको आरोप लगाए ।

राजसी शैली :भण्डारी

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संघदेखि स्थानीय तहका जनप्रतिनिधिको राजसी शैलीका कारण संघीयता र गणतन्त्रमाथि आमनागरिकको असन्तुष्टि बढिरहेको टिप्पणी गरे ।

गौहत्या प्रकरण ठूलो अपराध:कर्ण

प्रतिपक्ष राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले संघ नै भ्रष्टाचारको अखडा बनिरहेकाले प्रदेश र स्थानीय तहले पनि त्यही सिको गरिरहेको आरोप लगाए ।

उनले वर्तमान व्यवस्था डामाडोलको अवस्थामा रहेको टिप्पणी गरे ।नेता कर्णले सुखर्तेमा भएको गौहत्या प्रकरण ठूलो अपराध भएकाले कठोर कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

डेंगी संक्रमितको निःशुल्क उपचार :  राज्यमन्त्री

सत्तारुढ समाजवादी पार्टी नेपालका नेता एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादवले डेंगी रोग नियन्त्रणमा मन्त्रालय लागिपरेको भन्दै डेंगी संक्रमितको निःशुल्क उपचार गरिने जानकारी दिए ।