बोलबमका लागि बागमतीमा नुहाउन गएका युवक मृत फेला
खबर एक्सप्रेस
२०७६-०४-२७ ११:०० मा प्रकाशित
Total Shares: 681
काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा गएराती नुहाउने क्रममा बाग्मती नदीले बगाएर बेपत्ता भएका युवक मृत भेटिएका छन् ।
सिनामंगल बस्दै आएका रामेछापका २३ वर्षीय तेन्जिङ लामालाई गएराति ११ बजे नदीले बगाएको थियो । उनी बोलबमको लागि सुन्दरीजल गएका थिए ।
खोज तलासको क्रममा लामालाई गएराति करिब पौने ३ बजे फेला परेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस